☰ open Loading... 20 October 2024|  

दैलेखमा दुई जनामा देखियो डेगुको संङक्रमण
  | ३ आश्विन २०७९, सोमबार ०५:२९


दैलेख   : दैलेखमा पनि डेँगुका बिरामी फेला परेका छन् । शुक्रवार र शनिवार जिल्ला अस्पताल दैलेखमा उपचार गराउन आएका एक÷एक जनामा डेँगुको सङ्क्रमण देखिएको जिल्ला अस्पताल दैलेखले जानकारी दिएको छ । जिल्ला अस्पताल दैलेखका स्वास्थ्य सेवा व्यवस्थापक थीर प्रसाद रेग्मीले शुक्रवार एक जना र शनिवार एक जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको बताए । उनले नारायण नगरपालिका –६ का ३१ वर्षीय र जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा कार्यरत २६ बर्सिया कर्मचारीमा डेँगु सङ्क्रमण देखिएको बताए । उनले एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र एक जनाको घरमै उपचार भइरहेको बताए ।
उनले भने जिल्लाका डेँगुको सङ्क्रमण बढ्न नदिन र देखिएमा तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा जान नागरिकलाई अनुरोध गर्ने गरिएको छ । सबै स्वास्थ्य सस्थाहरु मार्फत डेँगुको उपचार र बच्ने तरिका बारे जिल्लाभर जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न लागिएको व्यवस्थापक रेग्मीले बताए ।
रेग्मीका अनुसार अनुसार डेंगु अति तीव्र खाले विषाणुजन्य रोग हो । यो रोग लागेमा एक्कासि तीनदेखि पाँदिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरू दुख्ने, आँखाको गेडी दुख्ने, अरुचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने गर्दछ । केही बिरामीको शरीरमा सुरुमै रातो बिमिरा आउँछन् । त्यस्तै, शरीरमा डन्डिफोर जस्ता डाबर देखिन्छन् । ज्वरो आइरहेका अवस्थामा नाक तथा गिजाबाट रगत बग्ने र छालामुनि रक्तस्राव हुन्छ । तर, डेंगु हिमोराजिक फिभर बाहेक अन्य ज्वरोमा मृत्युदर ज्यादै न्यून हुने गर्दछ । यस्ता बिरामीलाई विशेष हेरचाह गर्न अस्पताल भर्ना गर्नुपर्छ । यो रोगका बिरामी सामान्यतया वैशाखदेखि मङ्सिर महिनासम्म देखिने गरेका छन् ।