☰ open Loading... 12 June 2024|  

थप ७४ जनामा कोरोना संक्रमण
  | ५ आश्विन २०७९, बुधबार ०५:०७

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ६१९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६० जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको पनि मृत्यु भएको छैन ।