☰ open Loading... 7 September 2024|  

टेलिकमको दशैं अफर : सस्तोमा डेटा र भ्वाइस प्याक
  | ९ आश्विन २०७९, आईतवार ०५:२३

काठमाडौं : नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा आइतरबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दशैं अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् ।

 

डाटा प्याकअन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी, १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

 

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

 

यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भ्वाइस ओभर लेट सेवा पनि उपलब्ध गराइएको छ ।