☰ open Loading... 16 September 2024|  

थप ५१ जनामा कोरोना संक्रमण
  | १० आश्विन २०७९, सोमबार ०५:०६

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार १ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा १०० जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ५४४ पुगेको मन्त्रालयले जनाएको छ ।