यामराज बिष्ट दैलेख। दैलेखको डुङ्गेश्वेर गाउँपालिका वडा नं– २ लांकुरीलाई पूर्ण सरसफाइ स्वच्छता उन्मुख वडा घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच पूर्ण सरसफाइ स्वच्छता उन्मुखका लागि सरसफाइका सबै सूचकहरु पूरा गरेपछि उक्त वडालाई पूर्ण सरसफाइ स्वच्छता उन्मुख वडा घोषणा गरिएको एभेष्ट क्लबका दिलिप कुमार खड्काले बताए ।
वडास्तरीय खानेपानी सरसफाइ स्वच्छता समन्वय समिति डुवेश्वर गाउँपालिका वडा नं –२ को आयोजना तथा एभेष्ट क्लब दैलेख र एसएनभी नेपालको साझेदारीमा सञ्चालित समावेशी तथा दीगो ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाको सहजीकरणमा डुवेश्वर गाउँपालिका वडा नं –२ लाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो ।
डुवेश्वर गाउँपालिका –२ का वडाअध्यक्ष याम बहादुर बिष्टले डुङ्गेश्वेर गाउँपालिका वडा नं– २ लांकुरीलाई सफा र स्वच्छ वडा घोषणा गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै यसलाई निरन्तर दिनका लागि आग्रह गरे।यसका लागि सबैसँग आगमी दिनमा सबैसँग आगामी दिनमा समन्वय र सहकार्य गरेर जाने उनले प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, मानव जीवनको आवश्यकता मध्येका महत्वपूर्ण विषय सरसफाइ रहेको बताइएको छ । मान्छे स्वस्थ्य जीवन विताउन व्यक्तिगत सरसफाइदेखी वातावरणीय सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरे । कार्यक्रममा डुङ्गेश्वेर गाउँपालिकाकी उपाअध्यक्ष कलावती न्यौपाने सम्पूर्ण डुवेश्वर गाउँपालिका वडा नं –२ वडावासी लगायत विभिन्न संघ संस्थालाई धन्यावाद तथा शुभकामना व्यक्त गरिन् । उनले यो भन्दा बढी अग्रसर भएर अगाडि बढ्न सबैमा आग्रह समेत गरिन् ।
यस्तै डुङ्गेश्वेर गाँउपालिका अध्यक्ष सुन्दर कुमार केसीले पूर्ण सरसफाइ सम्बन्धी सम्पूर्ण सूचकहरु पूरा गरेको छ । यो वडा जिल्लाकै नमूना बन्न सकोस भन्दै खानेपानीका क्षेत्रमा सहयोग गर्ने समेत उनले बताए । फोहोरको अन्त्यले नै मानिस स्वच्छ भएर बाँच्ने भएकाले यो कार्यक्रमलाई घोषणमा मात्र सीमित नराख्न अनुरोध गरे । उनले भने जिल्लाकै पहिलो पूर्ण सरसफाइ उन्मुख वडा घोषण गरे जस्तै पालिका नै पहिलो बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा डुङ्गेश्वेर गाउँपालिका वडा नं– २ लांकुरी स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख बालकृष्ण बिष्ट, समाजसेवी रुद्र बहादुर बिष्ट, कर्ण बिष्ट सुरेन्द्र बिक, खगेन्द्र शाही, जानकि थापा, वडा सदस्य बिष्ना बिक, एभरेष्ट क्लब दैलेखका सचिब कृष्ण केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संञ्चालक डुङ्गेश्वेर गाउँपालिका वडा नं– २ लांकुरी वडा सचिब टेक नाथ गौतमले गरेका थिए ।