☰ open Loading... 20 September 2024|  

६ दिनपछि खुल्याे सुर्खेत-कालिकोट सडकखण्ड
  | २८ आश्विन २०७९, शुक्रबार ०५:१४

६ दिनपछि कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक सुचारु भएको छ। कर्णाली राजमार्ग अन्तर्गत दैलेख खण्ड ६ दिनपछि खुलेको हो।

राजमार्ग खुलेसंगै सुर्खेतदेखि कालिकोटसम्म विहिवारदेखि सवारी साधन चल्न थालेका छन्। बुधवार राती नेपाली सेनाले राजमार्ग अन्तर्गत दैलेख खण्डको आठविस नगरपालिकाको खिड्कीज्यूलामा ठुलो ढुंगा विस्फोटक पदार्थ प्रयोग गरेर फोडेसंगै कालिकोटसम्मकाे सडक खुलेको हो।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सुरक्षा अधिकारीहरुकाे उपस्थितिमा विस्फोटक पदार्थ प्रयोग गरि सडक सुचारु भएकाे थियाे। नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरि ठुलो ढुंगा फुटाएकाे दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले बताए। ‘कालिकोटसम्म सवारी साधन चल्ने मिल्ने गरि सडक खुलेको छ।’ डिएसपी साहले भने, ठाउँठाउँमा पहिरोले सडक बिग्रेकाले होशियारी पूर्वक सावरी चलाउनुपर्छ।’

कालिकोट देखी जुम्ला जोड्ने सडक पहिरो र बाढीले कटान गरेसंगै अवरुद्ध भएको छ। बाढी पहिरोले कालिकोट खण्डको एसमोड र सेरी घाटमा सडक अवरुद्ध भएको हाे। एसमोडको पहिरो शुक्रवारसम्म पन्छाउने र तिला नदिले सडक कटान गरेकाले नयाँ सडक बनाउनुपर्ने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख (डिएसपी) जयश्वर रिमालले बताए। उनका अनुसार राजमार्ग कहिले खुल्ने भन्ने टुंगो छनै।

‘तिला नदिले कटान गरेर सडक नै छैन्।’ कालिकोटका प्रहरी प्रमुख रिमालले भने, कटान गरेको ठाउँमा कडा पहराे छ। नयाँ तथा बैकल्पिक सडक खन्नुपर्ने भएको छ। कहिलेसम्म राजमार्ग खुल्न एकिन भन्न सकिने अवस्था छैन्।’ सेरी घाटमा विस्फोटक पदार्थ प्रयोग नयाँ सडक बनाउने तयारी भएको कालिकोट प्रहरीले जनाएको छ।