☰ open Loading... 7 September 2024|  

राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा : खड्का
  | ३० आश्विन २०७९, आईतवार २०:२७

 

दैलेख –राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्षमा लाल बहादुर खड्का चयन भएका छन । शनिबार दैलेखमा सम्पन्न भएको सहकारीको १३ औं बार्षिक साधारण सभाबाट अध्यक्षमा खड्का चयन भएका हुन । उपाध्यक्ष गोपाल कुमार श्रेष्ठ, सचिव संगम रूपाखेती ,कोषाध्यक्ष पार्वती बोगटी चयन भएका छन ।

त्यसैगरी सदस्यहरु प्रकाश कुमार बि सि, दिपा शर्मा, टीका कुमारी थापा ,पदम बहादुर जि सि , गणेश बहादुर शाही चयन भएका छन ।नव चयन भएका पदाधिकारीले सहकारीको क्षेत्र र सेवा विस्तारमा जोड दिएका छन ।

साधारण सभामा नव निर्वाचित अध्यक्ष लाल बहादुर खड्काले सहकारी संस्थामा देखिएका समस्याहरुलाई मध्यनजर गरि आफ्नो नेतृत्वमा संस्थालाई एउटा नमुना सहकारीको रुपमा बिकास गर्ने र वास्तवमा सहकारी के हो र सहकारी केका लागि खोलिएको हो भन्ने कुरालाई मध्यनजर गर्दै सहकारीको नियम भित्र रहि आफ्नो संस्थालाई अगाडी बढाउने बताए ।