☰ open Loading... 19 October 2024|  

डेंगुबाट थप एक जनाको मृत्यु
  | ६ कार्तिक २०७९, आईतवार ०५:०६

डेंगुबाट थप एक जनाको मृत्यु

 

 

काठमाडौंः शनिबार थप एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ । योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना डेंगुको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ । अहिले देशका ७७ वटै जिल्लामा डेंगुको संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

 

यसैबीच शनिबार ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात सय ९८ नमूना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । शनिबार ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

 

देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या सात सय १६ छ । हालसम्म नेपालमा १० लाख चार सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ८७ हजार छ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ ।

 

यस्तै शनिबार २३ हजार छ सय सात जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका मन्त्रालयले जनाएको छ ।