☰ open Loading... 21 December 2024|  

बारुद्ध पड्किदा दम्पती घाईते
  | १५ कार्तिक २०७९, मंगलवार ०५:४०

दैलेख  :  माछा मार्न बिष्फोटक पदार्थ बनाउने क्रममा पड्कीएर एक दम्पती घाईते भएका छन । नारायण नगरपालिका –६ भुर्तीमा फलामे पाइपमा बारुद्ध भर्दै गरेको बारुद पड्किँदा २८ वर्षीय अर्जुन सार्की र उहाँकी श्रीमती २२ वर्षीया अञ्जु सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले माछा पार्ने बारुद्ध बनाउने क्रममा बारुद्ध पड्किएर घाइते भएकाहरुको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको बताए । उनले प्रहरीले घटनास्थलबाट ९० ग्राम बारुद, ५७ वटा सलाईका बट्टा र दुई थान फलामे पाइप सकेट बम बनाउँने बरामद गरेको बताए । घाईते अर्जुन कार्कीको हातको हत्केला र आखामा चोट लागेको छ भने श्रीमतीको पेटमा चोट लागेको छ । घाइते अन्जु सार्की गर्भवती हुन ।