☰ open Loading... 12 March 2025|  

पाँच हजार रुपैयाँ घुससहित प्रहरी नायब निरीक्षक पक्राउ
  | १८ कार्तिक २०७९, शुक्रबार ०५:०६

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित धनुषाका प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका सई देवकी लाल चौधरी रहेका अख्तियारले जनाएको छ ।

 

जिल्लाको जटहीस्थित सीमा प्रहरी चौकीमा कार्यरत चौधरीले एक जना सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।घुस लिने क्रममा चौधरीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।