☰ open Loading... 5 February 2025|  

जहिल्यै कुर्सी रित्त
  | १९ कार्तिक २०७९, शनिबार ०५:२४

कालिकोट । जिल्ला शिक्षा तथा समन्वय इकाई कालिकोट कार्यालयमा व्यापक अनियमितता पाइएको छ । २० साउन २०७९ मा बसेको द्वन्द्वपीडित शिक्षकको पदस्थापना तथा पुनर्बहाली’bout बसेको बैठकमा उपस्थित ९ शिक्षकको कार्यालय प्रमुख चन्दप्रकाश अधिकारीले किर्ते हस्ताक्षर गरी रकम बुझेको पाइएको हो ।

एक जनालाई १ हजार ५ सयका दरले पाउने बैठक भत्ता शिक्षा विकास तथा समन्वय प्रमुख अधिकारीले किर्ते गरी रकम नदिएका हुन् । बैठकमा उपस्थित ९ मध्य कार्यालय प्रमुख र सूचना अधिकारीबाहेक सात जनाको १ हजार ५ सयका दरले पाउने जम्मा ८ हजार ९ नौ २५ रुपैयाँ प्रमुखले खाएका छन् ।

बैठकमा उपस्थित शिक्षक संघसंगठन पदाधिकारीले आफूहरू बैठकमा उपस्थित रहेको तर भत्ताको भरपाईमा हस्ताक्षर नगरेको बताएका छन् । उनीहरूले भरपाईमा हस्ताक्षर नगरेको दाबीसमेका गरेका छन् ।

उपस्थित सहभागी बैठक भत्ताको भरपाई र अन्य बैठकको हस्ताक्षर फरक देखिएको छ । कार्यालय प्रमुख अधिकारीले ‘लेखापाल नभएकाले बैठक भत्ता दिन नसकेको’ बताए । ‘किर्ते हस्ताक्षर किन गरिएको ?’ भनी प्रश्न गर्दा उनले फोन काटे ।

यस विषयमा ‘सोधखोज र अनुसन्धान गर्ने’ प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा बताउँछन् । ‘कार्यालय प्रमुख होस् वा कुनै कर्मचारी, आवश्यक बिदामा भएको बेला एउटा कुरा हो, नत्र दुई महिनासम्म हाजिरै छैन भने हामी अनुगमन र सोधखोज गर्छौं,’ प्रमुख जिल्ला अधिकारी शर्माले राजधानीसँग भने ।

दुई महिनासम्म हाजिरै छैन

कार्यालय प्रमुखदेखि केही कर्मचारीको गत १ असोजबाटै हाजिरी देखिएको छैन । १ असोजदेखि कार्यालय प्रमुख चन्दप्रकाश अधिकारी र कार्यालय सहयोगी दैनिक हाजिर नभएको पाइएको छ ।

दुई महिनासम्म हाजिर नभएका अधिकारी हाल काठमाडौंमा छन । यतिमात्र हैन, गाडी नै नभएको कार्यालयमा इन्धन र मर्मत बिलसमेत मिलाएर खर्च गरेको भेटिएको छ । अफिसको गाडी र जेनेरेटरको इन्धन भनेर खर्च गरिएको छ ।

वर्षौंदेखि कार्यालयको गाडी छोपेर राखिएको छ । बिग्रेको गाडी मर्मत र इन्धन खर्चको बिल मिलाउने तर गाडी वर्षौंदेखि बिग्रेको अवस्थामा छ । आफूहरूले अन्य गाडीको बिल खर्चमा राखेको कार्यालयको दाबी छ ।राजधानी दैनिकबाट