☰ open Loading... 12 March 2025|  

एक सातामा ३ सय जनामा डेंगुको संक्रमण
  | २१ कार्तिक २०७९, सोमबार ०५:०७

काठमाडौं : पछिल्लो एक सातामा तीन सय जनामा डेंगुको संक्रमण देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएको हो ।

 

योसँगै देशभर डेंगु संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ । कात्तिक महिनाको सुरुमै संक्रमितको संख्या घटे पनि डेंगुको उच्च जोखिम मंसिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ ।

 

२८ जनामा कोरोना संक्रमण

आइतबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षणमा २८ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुने बिरामीको संख्या १८ जना रहेको छ ।

 

योसँगै देशभर संक्रमणबाट निको हुने बिरामीको नौ लाख ८८ हजार एक सय ४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या पाँच सय ७० छन् । अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार १९ रहेको छ