☰ open Loading... 16 September 2024|  

देश विकास र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक : ओली
  | २७ कार्तिक २०७९, आईतवार ०५:११

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन्।

 

शनिबार डोटी र कैलालीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले फुटेका हाँडीका टुक्रा जोडर मुलुक बन्न नसक्ने भन्दै देशको विकास र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका हुन् ।

 

उनले सत्तारुढ गठबन्धनमा समृद्ध नेपाल, सुखी नेपाली बनाउने उद्देश्य नै नभएको आरोप समेत लगाए । अध्यक्ष ओलीले देशभर एमालेलाई बहुमत दिलाउनका लागि जनता तयार रहेको दाबी गर्दै एमालेविरुद्ध भ्रम छर्न खोज्ने प्रयत्नलाई असफल बनाइने पनि बताए ।

अध्यक्ष ओलीले सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएकाहरुले संविधान र कानून बमोजिम निष्पक्ष निर्वाचन गराउनका लागि निर्वाचन आयोगलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।