☰ open Loading... 7 September 2024|  

थप ८ जनामा कोरोना संक्रमण
  | २७ कार्तिक २०७९, आईतवार ०५:१५

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ८० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ सय ८० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको छ । त्ययोसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ९८५ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ सय ३० जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८८ हजार २४३ पुगेका छन् ।