☰ open Loading... 18 October 2024|  

एक हजार कर्मचारी निर्वाचनमा खटिने
  | २७ कार्तिक २०७९, आईतवार ०५:२५


दैलेख  :  मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागी दैलेखमा एक हजार ६५५ कर्मचारी खटिने भएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाभर रहेको २०७ मतदान केन्द्रका लागी मतदान अधिकृत सहायक मतदान अधिकृत सहायक कर्मचारी र सहयोगी कर्मचारी गरी एक हजार ६५५ कर्मचारी निर्वाचनमा खटाइएको जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी टिकाराम न्यौपानेका अनुसार निर्वाचन क्षेत्र नः १मा १०३ मतदान केन्द्र र निर्वाचन क्षेत्र नः २ मा १०४ मतदान केन्द्र रहेको छन । उक्त मतदान केन्द्रमा जाने कर्मचारीहरु सबै टुगो लागीसकेको सुचना अधिकारी न्यौपानेले बताए ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मनमाया काउचाले मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको टुङगो लगाए मतदान अधिकृतलाई आवश्यक अनुशिक्षण गर्ने बताइन । उनले दुई वटा निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई छुट्टा छुट्टै अनुशक्षिण गर्ने बताइन ।