| ९ मंसिर २०७९, शुक्रबार ०५:२२
दैलेख निर्वाचन क्षेत्र नम्बर २ को (ख) प्रदेश सभा सदस्यमा नेकपा एमालेका बिनोद कुमार शाह ९ हजार ४ सय ६४ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका योगेन्द्र शाहीले ९ हजार ३ सय ८१ मत ल्याएका छन्। शाह र शाही बीच ८३ झिनो मतान्तर रहेको छ। पराजित शाही एमालेबाट पाटी प्रवेश गरी माओवादीबाट अन्तिम समयमा चुनाव लडेका थिए।