☰ open Loading... 24 July 2024|  

लैङ्गिक हिंसा सम्वन्धि अन्तरक्रिया
  | १४ मंसिर २०७९, बुधबार १८:५०

यामराज बिष्ट दैलेख – दैलेखमा लैङ्गिक हिंसा अत्यका लागी गुणस्तरीय शिक्षा सम्वन्धी अन्तरक्रिया गरिएको छ ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा दैलेखमा लैङ्गिक हिंसा अत्यका लागी गुणस्तरीय शिक्षाको अवस्था र न्यूनिकरणका लागि भएका प्रयासका बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।

शिक्षा लागी राष्ट्रिय अभियान नेपाल शिक्षा समन्वय समिती दैलेखको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन दैलेखकी अध्यक्ष पुष्पा थापाले शिक्षा क्षेत्रमा राजनीतिक पक्षबाट माथि उठेर सेवाको भावना र इच्छा शक्तिका साथ काम गर्नुपर्ने बताईन् ।शिक्षा क्षेत्रबाट लैङ्गिक हिंसा भएको छैन् लैङ्गिक हिंसा अत्यको लागी सबैले प्यवहारमा परिर्वन गर्नुपर्ने बताईन् ।

नारायण नगरपालिका दैलेखकी उपप्रमुख तप्ता कुमारी थापाले लैङ्गिक हिंसा न्युनिकरणका लागी महिला पुरुष जिम्मेबारी हुनेपर्ने बताईन् ।उनले भनिन् लैङ्गिक हिंसा अत्यका लागी गुणस्तरीय शिक्षा सम्वन्धी सबैको सहयोग र सहकार्यमा काम गर्ने प्रतिबद्धता जनाईन् ।

शिक्षक कृष्ण बहादुर थापाले शिक्षा क्षेत्रमा भएका समस्या समाधान गर्न राजनितिक दल,स्थानिय सरकार जिम्मेबार हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापा लैङ्गिक हिंसाको अन्त्यका लागि विद्यालय तहबाटै सुरु गर्नु पर्ने बताए । उनले भने शिक्षामा बढवा दिन सके समाजमा हिंसाको अन्त्य हुने धारणा राखे ।

यस्तै शिक्षा लागी राष्ट्रिय अभियान नेपाल दैलेखका अध्यक्ष भरतराज अधिकारीले राजनितिक दल ,स्थानीय सरकार,समाजबाट लैङ्गिक हिंसा अन्त्य गर्न सकिने भएकाले सबै जना जिम्मेवार हुनुपर्ने बताए ।कार्यक्रममा पत्रकार ,राजनितिक दल,कर्मचारी, सघं संस्थाका प्रतिनिधि लगायतले आफनो धारणा राखेका थिए ।