☰ open Loading... 22 October 2024|  

दैलेख पर्यटन तथा साँस्कृतिक महोत्सव हुने
  | १८ पुष २०७९, सोमबार ०५:१६

दैलेख- दैलेखमा दैलेख पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ। राष्ट्रिय लोकतथा दोहोरी गीत पतिष्ठान जिल्ला शाखा दैलेखको आयोजनामा माघ १९ गते देखी माघ २९ गतेसम्म दैलेखको काडाँचौरमा महोत्सव हुन लागेको हो ।महोत्सवमा स्थानीय एव राष्ट्रिय चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

दैलेखका धार्मिक महत्व बोकेको क्षेत्रलाई उजागर गर्ने मूल उद्देश्यका साथ महोत्सव संञ्चालन गर्न लागिएको राष्ट्रिय लोकतथा दोहोरी गीत पतिष्ठान जिल्ला शाखा दैलेखका अध्यक्ष यामराज बिष्टले बताए ।अध्यक्ष बिष्टले भने पर्यटकीय धार्मिक , सांस्कृतिक र पुरातात्विक महत्व बोकेको दैलेखका बिभिन्न ठाउँलाई चिनाउनको लागि पनि यो महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए ।

स्थानीय कला , संस्कृतिक धार्मिक रीतिरिवाज चालचलन पुरातात्विक वस्तुको संरक्षणको लागि पनि यो महोत्सवले ठूलो टेवा पुर्याउने विश्वास गरिएको महोत्सबका संयोजक राजु केसिले बताए ।महोत्सवमा राष्ट्रिय कलाकार देखि स्थानीय कलाकरहरुले प्रस्तुति रहने महोत्सवबाट फाइदा भएको रकम दोहोरी प्रतिष्ठानको जग्गा किन्ने समेत महोत्सबका संयोजक केसिले बताए ।