☰ open Loading... 24 October 2024|  

११ औँ नगर सभा सम्पन्न,चार विद्येक पारित
  | २३ पुष २०७९, शनिबार ०५:२८

दैलेख  : समृद्ध नगर आत्मनिर्भर नगरबासी,स्वच्छ नगर र सुखी नगरबासी भन्ने मुलध्येका साथ नारायण नगरपालिकाले ११ औँ नगर सभा सम्पन्न गरेको छ । बिहिवार नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माको अध्यक्षतामा बसेको नगर सभाले चार वटा विद्येकको दफावार छलफल गरी विद्येक पारित गरेको हो ।
नारायण नगरपालिका –६ का वडाध्यक्ष एवम नारायण नगरपालिकाका प्रवत्ता जनक न्यौपानेका अनुसार विनियोजन ऐन २०७९को संसोधन विधेयक , वातावरण तथा प्रकृतिक श्रोत संरक्षण विधेयक २०७९ ,नारायण नगरपालिकाको प्रहरी गठन संचालन र व्यवस्थापन ऐन २०७९ र सामुदायिक विकास तथा सामाजिक परिचालन विधेयक २०७९ नगरसभाले पारित गरेको बताए । उनले नारायण नगरपालिकाले अघि सारेका महत्वपूर्ण आयोजनाहरु संचालन गर्नका लागी प्रदेश सरकार र संघ सरकार संग आवश्यक बजेट बिनियोजनका लागी माग गर्ने निर्णय समेत गरेको बताए ।
नगर सभालाई सम्बोधन गर्दै नगर उप प्रमुख तप्ता कुमारी थापाले नगरपालिका बाट संचालन भएका योजनाहरु गुणस्तरीय निर्माण गर्न सबै जनप्रतिनिधिले लाग्नु पर्ने बताइन । उनले दिगो विकासका लागी निर्वाचित सबै जनप्रतिनिधिहरु ब्यापक रुपमा परिचालन समेत गरिएको बताइन ।