काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जुनसुकै बेला भएका भ्रष्टाचारका फाइल खुल्ने बताएका छन् ।
संसद्मा पहिलो सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले भ्रष्टाचारका विषयमा कसैले पनि प्रभाव नपारीदिन आग्रह गर्दै जुनसुकै बेला भएका भ्रष्टाचारका फाइल खुल्ने बताएका हुन् । उनले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताए ।
विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुःख नदिने बताए ।
उनले जनताले जानेर या नजानेर अहिले मिलाएर मत दिएको बताए । उनले आफूहरुजस्ता नयाँ दललाई पनि नमात्तिने गरी र ठूला दललाई पनि चुनौती थप गरिदिएर जनताले मिलाएर मत दिएको बताए ।उनले आफूहरुको सरकारमा उपस्थितिले परिवर्तनको संकेत गरेको बताए ।