☰ open Loading... 26 July 2024|  

कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने
  | २६ पुष २०७९, मंगलवार ०५:३५

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ। प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजे निर्वाचन मिति तोकेका छन् ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा शाहले कर्णाली प्रदेशमम सभामुख र उपसभामुखको निर्वाचन गर्ने सूचना प्रकाशन गर्न प्रदेश सचिवालयलाई भनेका छन् ।