☰ open Loading... 7 September 2024|  

कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति
  | २७ पुष २०७९, बुधबार १६:२७

सुर्खेतः नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न सहमति गरेका छन् । पाँच वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने केन्द्रमा शीर्ष नेताबीच सहमति भए पनि कर्णालीमा साढे दुई/दुई वर्ष मुख्यमन्त्री आलोपालो बन्नेमा समहमति भएको हो ।

 

माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्ष नेतृत्व गर्ने र त्यसपछि एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेतृत्व गर्ने गरी सहमति हो ।

 

आजै प्रदेश प्रमुख कार्यालयमा शर्माले मुख्यमन्त्रीको दाबी गर्नेछन् । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि बुधबार साँझ ५ बजेसम्मको समय तोकेका छन् ।

 

कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १० सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एकीकृत समाजवादीका १/१ जना सांसद छन् भने १ जना स्वतन्त्र सांसद छन् ।