☰ open Loading... 21 September 2024|  

मानव अधिकार एलाइन्सको कर्णाली उपाध्यक्षमा मल्ल
  | ११ माघ २०७९, बुधबार ०५:४७

सुर्खेत । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार) एलाइन्स कर्णाली प्रदेशको अध्यक्षमा नवीनकुमार शाही चयन भएका छन् ।प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार आयोजिम मञ्चको प्रथम अधिवेशनबाट शाहीको नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति चयन गरिएको हो । जसअनुसार एलाइन्सको उपाध्यक्षमा राधा मल्ल र प्रेम बुढा, सचिवमा खिमबहादुर रेग्मी, सहसचिवमा अकबर खान र करविर चदारा र कोषाध्यक्षमा सुनिता पुन रहेकी छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले राज्यबाट हुने मानव अधिकार उल्लंघनका घटनामा कमी आए पनि समाजबाट हुने त्यस्ता घटनामा कमी आउन नसकेको बताए ।

उनले सामाजिक विभेद र उत्पीडनविरुद्ध सशक्त आवाज उठाउनुपर्नेमा जोड दिए । समुन्नत एवं समृद्ध समाज निर्माणका लागि जातीय एवं सामाजिक विभेदको अन्त्य हुनुपर्ने बताउँदै कँडेलले त्यसको अन्त्य गर्न लाग्न एलाइन्सलाई सुझाव दिए ।

त्यस्तै नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङले मानव अधिकारको प्रवर्द्धनका लागि एमाले पार्टी प्रतिबद्ध रहेको बताए ।एलाइन्सका केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले मानव अधिकारको रक्षा, सामाजिक न्याय र समृद्ध समाज निर्माण गर्न सबै स्थानीय तहमा एलायन्सका शाखा गठन गरिने जानकारी दिए ।

यस्तै, मानव अधिकार एलाइन्सकी कर्णाली उपाध्यक्ष राधा मल्लले मानव अधिकारको संरक्षणका लागि सक्रिय भएर लाग्ने बताईन् ।