☰ open Loading... 21 September 2024|  

रुकुम पूर्वमा हिमपात जारी, जनजीवन कष्टकर
  | १२ माघ २०७९, बिहीबार ०५:०७

रुकुम पश्चिम : मंगलबार बिहानैदेखि मौसम बदली भएपछि रुकुम पूर्वका तीन वटै स्थानीय थहका विभिन्न ठाउँमा हिमपात भइरहेको छ । जिल्लाका तीन वटै पुथाउत्तरगङ्गा, भूमे र सिस्ने गाउँपालिकाका लेकाली भेगमा तथा उच्च भू–भागमा हिमपात भइरहेको हो ।

 

हिमपात तथा वर्षाका कारण जनजीवन कष्टकर बनेको भूमे गाउँपालिका–२ गाबाङका स्थानीय जीवन बुढाले बताए । हिमपात तथा वर्षाले गाईबस्तुलाई पनि समस्या भएको छ । वर्षा र हिमपातसँगै चिसोले बाहिर निस्कन समस्या भएको छ । लेकाली बस्तीहरूमा बाक्लो हिउँ जम्न शुरु भएको स्थानीय रोका मगरले जानकारी दिए ।

 

वर्षा र हिमपातले चिसो बढे पनि किसान भने खुसी भएका छन् । आकाशे पानीको भरमा रहेका किसान हिउँदे बाली लगाएदेखि पानी नपरेका कारण चिन्तित थिए । अहिले वर्षा र हिमपात भएसँगै सिँचाइको राहत मिलेको कृषकहरुले बताएका छन् ।