☰ open Loading... 22 September 2024|  

सडक फराकिलो बनाउँदै नगरपालिका
  | १८ माघ २०७९, बुधबार ०५:२९

दैलेख ।नारायण नगरपालिकाले सरकारी मापदण्डअनुसारको सडक निर्माण थालेको छ ।  यस वर्षदेखि नगरपालिकाले बजार क्षेत्र साघुँरो भएकोले सडक चौडा गर्ने काम थालेको हो ।

नगरपालिकाले मुख्य बजार क्षेत्रमा फराकिलो बनाउने काम शुरू गरेको नगरप्रमुख लोमन शर्माले बताए ।उनले भने सुन्दर नगर बनाउने हाम्रो पहिलो प्राथमिकता हो ।नगरपालिकाले सडक, खानेपानी, सिँचाइ, कृषिक्षेत्रलाई पनि प्राथमिकतामा राखेको नगरप्रमुख  शर्माले जानकारी दिए ।

सुविधासम्पन्न नगरपालिका बनाउने पहिलो प्रयास हुने र जनतालाई असर नपर्ने गरी विकास निर्माणका काममा तीव्रता दिएको नारायण नगरपालिका दैलेखका प्रबक्ता जनक न्यौपाने जानकारी दिए ।

सुन्दर र फराकिलो बजार बनाउनका लागि स्थानीयबासीहरु सवैलाई सहयोग गर्न अपिल गर्दै बजार फराकिलो बनाउन लागेको नारायण नगरपालिका- १ का वडा अध्यक्ष शैलेश श्रेष्ठले बताए ।

बजार भित्रको सडकमा मान्छे आवजावत गर्न निकै अप्ठेरो भएकोलेअब सडक फराकिलो हुनेभएकोले हिडडुल गर्न सजिलो हुने भएपछी स्थानिय खुसी हुने व्यक्त गरेका छन ।