☰ open Loading... 18 October 2024|  

ट्राफिक प्रहरीद्धारा चेक जाँचमा कडाई
  | २२ माघ २०७९, आईतवार ०५:०९

कर्णाली प्रदेशमा ट्राफिक प्रहरीले चेकजाँच दोब्वरले बढाएको छ। दिनानुदिन दुर्घटना बढ्दै गएसंगै ट्राफिक प्रहरीले सवारी साधनमा निगरानी बढाएको हो।

कर्णाली प्रदेशको राजधानी सहित प्रदेशभर ट्राफिक सकृयता बढाईएको छ। प्रदेशमा हुने गरेको दुर्घटनाका विश्लेषण गरि कमिकमजोरी भएका क्षेत्रहरुको पहिचान गरि चेकजाँच हुने गरेको जनाईएको छ। ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच, लाईसेन्स, ब्लु बुक लगायत चेकजाँच हुने गरेको छ।

मदिरा सेवन गरी चलाउने सवारी चालकहरुलाई कार्वाही प्रकृया तिव्र बनाईएको छ। दिनमा एक दुई ठाउँमा हुने चेकजाँचलाई बढाएर पाँच ठाउँसम्म चेक जाँच गर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

दैनिक १५ देखि २० जना ब्यक्ति मदिरा सेवन गरी सवारी साधन चलाएको चेकजाँचमा फेला परी कार्वाहीमा पर्ने गरेका छन्। मापसे सेवन गर्नेहरुलाई सचेतना कक्षामा सहभागी गराउने र आवश्यक कार्वाही समेत गर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

वीरेन्द्रनगरसहित कर्णाली प्रदेशका मुख्य सडकहरुमा ट्राफिक प्रहरीले चेकजाँचलाई तिव्रता दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख (एसपी) प्रज्वल महर्जनले बताए।

‘कर्णाली प्रदेशभर ट्राफिक सकृयता बढेको छ।’ प्रमुख एसपी महर्जनले भने, मदिरा सेवनसहित अन्य चेकजाँचले यात्रु र चालकहरुमा सचेतना बढेको पाईएको छ।’

ट्राफिक प्रहरीले चालकसंग १ मिनेट कार्यक्रम समेत पनि गरिरहेको छ। जस अन्र्तगत गाडी चलाउदाँ मदिरा सेवन, मोबाईलको प्रयोग, पैदल यात्री हिडेको बेला रोक्ने, सिट क्षमता, गाडीको अवस्था चेकजाँच, लामो दुरीमा दुई जना चालक रहेनरहेको, गाडी चलाउदा जुत्ताको प्रयोग र यात्रुसंग भाडादरबाट बुझने, यात्रामा दुःख कष्ट भएनभएको बुझ्ने लगायतका कुराहरु ट्राफिक प्रहरीले गर्ने गरेको जनाईएको छ।