☰ open Loading... 18 October 2024|  

छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  | २५ माघ २०७९, बुधबार ०५:०८

काठमाडौं  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फरेस्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सल्यानको कालिमाटी सबडिभिजन वन कार्यालयका फरेस्टर जयपृथ्वीराज बुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्सलगायत ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरिएको हो ।

 

आयोगले मंगलबार बुढाथोकीसहित कालिमाटी सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनोज शर्मा लम्साल, सामुदायिक वन उपभोक्ता समूह कालिमाटी –३, सल्यानका अध्यक्ष भीमबहादुर कवर, कोषाध्यक्ष जुद्दकुमारी वली र सचिव पुष्पा वली खासु मगर तथा दुर्गा ट्रेडर्स एण्ड सप्लायर्स, बबई गाउँपालिका –४, दाङ्गका सञ्चालक दुर्गाप्रसाद वलीविरुद्ध मुद्दा दायर गरेको हो ।

 

तुल्सीपुर–पुरन्धारा–बोटेचौर सडक–खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी –३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरु कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको अख्तियारको दाबी छ । अख्तियारले उनीहरुमाथि १ लाख ८७ हजार ८ स य ७७ रुपैयाँदेखि २ लाख ६८ हजार ५ सय ६१ रुपैयाँसम्म दण्ड जरिवानाको गर्नका लागि माग गरेको छ ।