☰ open Loading... 18 October 2024|  

कर्णाली प्रदेश सरकारको प्रवक्तामा जिसी
  | २५ माघ २०७९, बुधबार ०५:१२

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीलाई तोकिएको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी जिसीलाई दिने निर्णय गरेको हो ।

साथै बैठकले फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो साताको बुधबार बस्ने निर्णय पनि गरेको छ । बैठकले एकीकृत बस्ती विकास कार्यक्रम नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।