☰ open Loading... 23 December 2024|  

शिव शिखर सहकारीले बचत फिर्ता नदिदा बचतकर्ताको विचल्ली
  | २५ माघ २०७९, बुधबार १८:४८

सुर्खेत २५ माघ ।देशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै विभिन्न जिल्लामा शाखा बिस्तार गरेको ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ बिरेन्द्रनगर सुर्खेत शाखाले रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन् ।
बिरेन्द्रनगर १६ का २८ वर्षीय ज्ञान बहादुर वलीले दैनीक मजदुरी गरेर उक्त सहकारीमा मासीक दुई हजार छ सय रुपैयाँ छोराको नाममा जम्मा गर्ने गरेका थिए। उनको बचत ३१ हजार रुपैयाँ पुगेको थियो।
पटक पटक धाएर पनी पैसा पाउने छाँटकाँट छैन। छोरालाइ उच्च शिक्षा पढाउन सजिलो होला भनेर बचत गरेको रकम निकाल्न खोज्दा सहकारीका व्यवस्थापक नै गायब भएको उनले बताए।
‘दैनीक मजदुरी गरेर कमाएको पैसा छोरालाइ पढाउन काम लाग्ला भनेर सहकारीमा बचत गरेँ। अहिले दिनदिनै धाउँदा पनि पैसा पाएको छैन,’ यही सोमबार सहकारी संस्थाको कार्यालयमा भेटिएका वलीले भने, ‘व्यवस्थापकले मोबाइल फोन अफ गरेका छन्, कार्यालयमा भेटिँदैनन्।’ ब्यबस्थापक लाइ चिनियको पनी छैन , दैनीक बचत गर्न आउने समेत अहिले आउन छोडेको वलीले बताए । भोकको बेला राम्रो संग खाना समेत नखाएर जम्मा गरेको रकम ठगी गर्नेलाइ तत्काल कारबाही गरि रकम असुली गरिदिन सरोकारवाला संग उनले अनुरोध समेत गरेका छन ।
बिरेन्द्रनगरमा दैनीक ज्यालादारी गर्दै आएकी कल्पना देउजाले पनी मासिक रुपमा २५ सयका दरले जम्मा गर्दै आयकी छन । उनको अहिले सम्म ४७ हजार ५ सय पुगेको छ । सहकारीको बारेमा ठाउ ठाउ को समाचार आउन थालेपछी उनी पनी पटक पटक सहकारीमा पैसा माग्न गइन तर सहकारी का संचालकहरु भेटिएनन्। आफ्रनो बचत उठाउन आउने पनी अहिले आउन छोडेको उनले बताइन । छोरा छोरीको पठनपाठनका लागी मजदुरी गरेर कमाएको पैसा जम्मा गरेका बचत रकम निकाल्न चाहन्छन् तर सहकारीका सञ्चालकहरू सम्पर्कविहीन रहेको उनी बताउछीन।
‘खाता खोल्न भन्दै सहकारीका कर्मचारी पहिले घरमै पुगेका थिए। चौध प्रतिशत व्याज दिन्छौँ, धितोबिना पाँच लाख रुपैयाँसम्म ऋण दिन्छौँ भने। फकाएर खाता खोल्न लगाए,’ कल्पना भन्छिन्, ‘अहिले पैसा फिर्ता लिने बेला सञ्चालकहरू बेपत्ता छन्।’
‘हामीले ऋण लगेर नतिरेको भए सहकारीले धितो लिलाम गर्ने थियो। व्यवसायमा ताला लगाइदिने थियो,’ राम जयसवालले भने, ‘हाम्रो बचत दिने बेला सहकारी नै गायब भएको कल्पना बताउछिन ।
सहकारीमा बचत गरेको रकम जोखिममा रहेको थाहा पाएपछि उनी जस्तै सुर्खेत शाखामा ६ हजार ग्राहकले यस्तै समस्या भोगेका छन । बचत फिर्ता नपाउँदा उजुरी गर्ने निकाय नभेटेको बचतकर्ताहरूले गुनासो छ।
हाल रकम भुक्तानीको सबै सुविधा बन्द छ। सञ्चालक समितिका पदाधिकारी र कार्यालय व्यवस्थापक सम्पर्क विहीन छन्। सुर्खेत शाखाका शाखा प्रबन्धक चन्दन थापाले सहकारीमा थोरै समस्या आएकाले बचत फिर्ता गर्न नसकियको बताए । उनले अब केही दिनमा संचालक समीती सुर्खेतमा आएर बैठक बसी समय लागेपनी सबैको पैसा फिर्ता गरिने बताए ।
सहकारी ऐनमा बचतकर्ताले जम्मा गरेको रकम उसले चाहेको समयमा झिक्न पाउने प्रावधान छ।
सहकारी संस्थाहरूको नियमन निकायका रूपमा संघीय सरकारको गरिबी निवारण तथा सहकारी मन्त्रालयको सहकारी विभाग छ। प्रदेश स्तरमा रजिस्ट्रारको कार्यालय र पालिकास्तरमा सहकारी शाखा छन्। नियमनकारी निकाय उदासीन रहेको र नियमित अनुगमन हुन नसक्दा समस्या देखिएको सहकारीका अभियन्ता भनाइ छ।
लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले शिव शिखर सहकारीको दर्ता संघमा भएकोले प्रदेशले कुनै कार्बाही गर्न नसक्ने बताए।उनले भने, ‘राष्ट्रियस्तरमा अनुमति लिएका सहकारीलाई प्रदेशबाट केही गर्न सकिएन।’शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ। यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो।उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ चलाएको छ।
शिव शिखर सहकारीमा दैनीक ज्यालादारी मजदुर , बदाम, चिया र पान बेच्ने साना व्यवसायी, अटो रिक्सा चालक लगायत मध्यमस्तरका व्यवसायीले बचत गरेका छन्।