☰ open Loading... 24 December 2024|  

सरकारी अनुदानले कृषकलाई लाभ
  | २७ माघ २०७९, शुक्रबार ०५:२३

 

दैलेख– नारायण नगरपालिका दैलेखले नारायण नगरपालिका वडा नं-२, ४,७मा सञ्चालित विभिन्न कृषि फार्मको  अनुगमन गरेको छ। कृषिमा आत्मनिर्भर बनाउँदै आर्थिक उपार्जनमा लागेका कृषकले गरेका कामको समेत नगरपालिकाले अनुगमन गरेका हो।

नगरपालिकाले नारायण नगरपालिका वडा नं -४ मा भिरमौरा ताजा तरकारी तथा बिउ उत्पादन कृषक समूह , बेमौसमि तरकारी खेती अन्तर्गत पक्कि टनेलमा खेती, नारायण नगरपालिका -७ को चौसिल कृषक समूहमा, फलफूल खेती प्रवर्द्धनका लागि घेराबार तारजाली , बागेश्वरी कृषि तथा पशु पन्छी कृषक समूह नारायण नगरपालिका -२ मा स्थानिय जातको कुखुरा प्रवर्द्धन तथा बेमौसमी तरकारी खेतीको सयुक्त अनुगमन गरिएको नारायण नगरपालिका कृषि शाखा प्रमुख खेमराज शर्माले बताए।

 

नारायण नगरपालिकाभित्र सञ्चालित कृषि फार्मको अनुगमनका क्रममा स्थानिय सरकारको सहयोगमा गरिएका कामले आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्न कृषकलाई सघाएको नारायण नगरपालिका दैलेखकी उपप्रमुख तप्ता थापाले बताईन् ।

No description available.

 

यस्तै केही वर्ष यतादेखि तरकारी खेती गर्दै आएकी नाराणयण–४ की पदम कुमारी मल्लले अहिले वार्षिक २ लाख रुपियाँ आम्दानी हुने गरेको  बताईन् । उनले मुख्य मन्त्री तथा मन्त्रिरिषद्को कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कर्णाली प्रदेश अन्तर्गत नव प्रवर्तन साझेदारी कोषबाट नारायण नगरपालिकामा संचालित कार्यक्रमको सहयोगमा तरकारी उत्पादनका लागि पक्की टनेल निर्माण गरेकी हुन ।सरकारको अनुदानले तरकारी खेती गर्न थप प्रोत्साहन मिलेको उनको भनाई छ ।

अनुगमन क्रममा बोल्दै आर्थिक बिकास समिति संयोजक रेशम बहादुर थापाले भने, सबै कृषकलाई गर्न सकिने सहयोग सधै गरिरहने बताउदै ,कृषिलाई अगाडि बढाउन अनुरोध गरेका हुन ।

मुख्य मन्त्री तथा मन्त्रिरिषद्को कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कर्णाली प्रदेश अन्तर्गत नव प्रवर्तन साझेदारी कोषबाट नारायण नगर पालिकामा संचालित कार्यक्रमको अनुगमन तथा आगामी कार्यक्रमको प्रभावकारिताका के कस्तो छ भनेर अनुगमन गरिएको कार्यक्रमका टीम लिडर हासा मल्ल जानकारी दिईन् ।उनले भनिन् आगामी दिनमा अझै  कार्यक्रमको प्रभावकारिताका बनाउन स्थानिय सरकारले कृषकलाई तालिम दिनुपर्ने ,अनुगमन गर्नुपर्ने बताईन् ।

 

कार्यक्रममा कार्यक्रमका टीम लिडर हासा मल्ल , सार्वजनिक वित्तीय सुसासन बिज्ञ तुल्सी प्रसाद श्रेष्ठ ,नारायण नगरपालिका दैलेखकी उपप्रमुख तप्ता थापा , प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्ल ,नारायण नगरपालिकाका पशुपन्छी बिकाश शाखा प्रमुख शुर्य बहादुर विक ,कृषि शाखा प्रमुख खेमराज शर्मा,आर्थिक बिकास समिति संयोजक रेशम बहादुर थापा, कार्यपालिका सदस्य खगिसरा सुनार,पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।सोही अवसरमा कृषकसंग अन्र्तक्रिया कार्यक्रम भएको छ । अन्र्तक्रियामा सहभागी कृषकले तरकारीको बजारीकरणको व्यवस्थापन गर्न नगरपालिका संग अनुरोध गरेका छन् ।