☰ open Loading... 7 September 2024|  

वडामै पुगेर नागरिकको गुनासो सुन्दै जनप्रतिनिधि
  | १ फाल्गुन २०७९, सोमबार २०:१८

 

दैलेख- डुङ्गेश्वर गाउँपालिकाले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरिरहेको छ । जनताको सेवा प्रवाहको लागि जानकारी होस भन्ने उद्देश्यले कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकामा रहेका प्रत्येक ६ वटाका जनता माझ पुगेर गाँउपालिकाका अध्यक्ष ,उपाध्यक्ष ,कर्मचारी ,बडाअध्यक्ष ,वडा सदस्य र वडाका प्रतिनिधिले साझा समस्या बुझ्नुका साथै समाधानको प्रयास भएको डुङ्गेश्वर गाँउपालिकाका अध्यक्ष शुन्दर कुमार केसिले जानकारी दिए।

उनका अनुसार डुङ्गेश्वर गाँउपालिका वडा नं१,२,३मा कार्यक्रम गरी जनताका समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको छ । ६ वडाका विभिन्न बस्ती तथा सरकारी कार्यालय,गैह्र सरकारी कार्यालय,सामुदायिक सघंसंस्था, शैक्षिक एवम् स्वास्थ्य संस्था र बिकाश निर्माणका कामको अनुगमन, निरिक्षण गर्ने तथा आवश्यक निर्देशन गर्ने र जनताका गुनासा तथा समस्यालाई गाँपालिकाकाको योजनासगं जोड्ने ’समृद्ध गाँउपालिका बनाउने उद्देश्य अनुरुप जनता सँग जनप्रतिनिधि कार्यक्रमको सुरु गरिएको उनले बताए ।


यो कार्यक्रम वडाअन्तर्गतका बिकाशका गतिबिधि जानकारी गराएको डुङ्गेश्वर गाँउपालिका- ३का वडाध्यक्ष कृष्ण बहादुर खत्रिले बताए । कार्यक्रममा वडामा रहेका समस्या समाधानको लागि वडाबासीको राय सुझाव समेत संकलन गरिएको थियो । वडा स्तरमा शैक्षिक, भौतिक पूर्वाधार, सिचाई, खानेपानी लगायतका विषयमा जनतासँग राय सुझाव संकलन गरिएको वडा अध्यक्ष खत्रिले बताए । ” वडा नम्बर-३कृषि र शिक्षा क्षेत्र लगायत, पूर्वाधारको निर्माण तथा स्तरोन्नति गर्ने काम जारी रहेको, जानकारी दिए ।

यस्तै कृषि ,शिक्षा ,स्वास्थ्य लगायत वडा कार्यालयबाट हुने सबै सार्वजनिक सेवा प्रवाहको बारेमा जानकारी दिन र वडामा कत्तिको प्रभाव परेको छ भनि थाहा पाउनको लागी पत्येक वडामा कार्यक्रम गर्न थालेको डुङ्गेश्वर गाँउपालिकाकी उपाध्यक्ष कलावती न्यौपानेले जानकारी दिईन् ।

सबै वडाका प्रत्येकका विकास संस्थासम्म जनप्रतिनिधि पुगेर जनतासँग भेटघाट गरी उनीहरुको सुख, दुःख बुझ्ने, समस्या पहिचान गर्ने र समाधानको उपायबारे उनीहरुसँगै छलफल गर्ने कार्यक्रम बनाइएको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसीले बताए।

उनले भने सबै वडाका नागरिकसँग छलफल गरेपछि आएका सुझावअनुसार पालिकाले आफ्ना योजना, कार्यक्रममा सुधार गर्दै अघि बढ्ने, कर्मचारीले गरेका राम्रा नराम्रा कामको , पत्यक्ष निगरानी विद्यालयहरुमा शिक्षक अभाव, व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत पहल भएको उनले बताए। ।

जनताको माझमा सुन्ने र सुनाउने गरी सुरु गरिएको कार्यक्रम प्रशंसनीय भएको स्थानिय मुस्कान पुनमगर जानकारी दिए ।उनले अनुगमन र निरिक्षणमा आएका सुझावहरुलाई कार्यान्वयन गर्न सकेमा कार्यक्रम प्रभावकारी हुने बताए।