☰ open Loading... 26 July 2024|  

लागु औषधसहित दुई जना होटेलबाट पक्राउ
  | ७ फाल्गुन २०७९, आईतवार ०५:२९

प्रहरीले जुम्लामा लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका २ बस्ने वर्षका २९ का तिलक भण्डारी र चन्दननाथ नगरपालिका १० गैरा गाउँ बस्ने अन्दाजी वर्ष २२ की प्रतीक्षा थापा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले बताए।

जुम्लाको चन्दननाथ नगरपालिका ६ बसपार्क स्थित कर्णाली होटेलमा बसेका उनीहरूलाई शनिवार दिउँसो ३ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिली ग्राम, मोबाइल थान २, र नगद २० हजार ५ सय १० रुपैयाँ बरामद गरेको छ।

उक्त घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।