☰ open Loading... 7 September 2024|  

भेरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
  | ८ फाल्गुन २०७९, सोमबार ०५:०९

सहकर्मी समाज बाँकेले भेरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड आपतकालिन प्रतिकार्य नेपाल कार्यक्रम अन्तर्गत कोरडाइड र सहकर्मी समाजकोे आर्थिक सहयोगमा अस्पताललाई १८ लाख ६८ हजार ५ सय बराबरको सामग्री हस्तान्तरण गरेको संस्थाका जिल्ला कार्यक्रम संयोजक अन्जु गुरुङले बताइन् ।

 

सहकर्मी समाजका कार्यकारी निर्देशक अमर बहादुर एरले भेरी अस्पतालका मेसु डा. वीरेन्द्र बहादुर चन्दलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामाग्री लिँदै अस्पतालका मेसु चन्दले यो सामग्रीले थोरै भएपनि अस्पतालमा सेवा दिनका टेवा पु¥याउने बताए । यस्तै सहकर्मी समाजका कार्यकारी निर्देशक एरले अस्पतालमा सामग्री हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गरेका थिए । सहकर्मी समाजले गत वर्ष पनि भेरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

 

अस्पताललाई ४ सय थान गाउन, ६ सय ५० थान पीपीई सेट, ९ हजार ४ सय थान ग्लोब्स्, २ सय थान सोडियम हाइपोक्लोराइड, एक थान डिस्पेन्सर, २ थान बिपी सेट, २ सय थान नसल प्रोङ्ग, २ थान अक्सिमिटर, ८ हजार २ सय ५० थान माक्स हस्तान्तरण गरिएकोे संस्थाले जनाएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा सहकर्मी समाजका अर्गनाइजेसन डेभलपमेन्ट अफिसर धनश्याम अचार्य, प्रोग्राम अफिसर चम्फा सिंह भण्डारी, फाइनान्स अफिसर सुरज राई लगायतको सहभागिता थियो ।