☰ open Loading... 12 March 2025|  

घुस लिएको आरोपमा सशस्त्रका सहायक हवल्दार पक्राउ
  | २२ फाल्गुन २०७९, सोमबार ०५:१७

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प, रुपन्देही विष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन रहेका छन् ।

 

ट्याक्टरमा माटो ओसारपसार गर्ने क्रममा घुस मागेका आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

 

बुटवलबाट खटिएको अख्तियारको टोलीले सेनलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेपछि गैडहवा गाउँपालिका वडा नम्बर ३ मंगलपुरबाट नियन्त्रणमा लिएको हो । घुस रकमसहित पक्राउ परेका सेनमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।