☰ open Loading... 17 May 2024|  

लागूऔषध सहित एकजना पक्राउ
  | ५ चैत्र २०७९, आईतवार ०५:२१

सुर्खेत । सुर्खेतमा लागूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइली शिब मन्दिर नजिक अस्थायी प्रहरी बिट लाटिकोईलीबाट गस्तिमा खटिएका प्रहरी टोलीले गस्ती गर्दै जाँदा वीरेन्द्रनगर ९ बस्ने बर्ष २६ का जिबन बहादुर केसीलाई संकास्पद तरिकाले बसिरहेको अबस्थामा प्रहरीले शरिर खानतलासि गर्दा उनको साथ बाट लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ (ब्राउन सुगर) ३ पुरीया (तौल गर्दा शुद्ध ९० मिलिग्राम) र उनको साथमा रहेको ओप्पो मोबाईल थान १ र नेपाली रूपैयाँ ६ हजार एक सय बरामद गरि उनलाई प्रहरी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।