☰ open Loading... 7 September 2024|  

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो
  | ८ चैत्र २०७९, बुधबार ०५:२०

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ९ हजार तीन सय छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ तोकिएको छ ।सोमबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८ सय ।चाँदीको मूल्य १३ सय ३० रुपैयाँ कायम भएको थियो ।