☰ open Loading... 7 September 2024|  

ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
  | ९ चैत्र २०७९, बिहीबार ०५:१०

दैलेख : दैलेखमा एलपी ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भे१ख २२०१ नम्बरको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।बुधबार बिहान करिब ८ बजेर ४० मिनेटमा गुराँस गाउँपालिका–४, तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए ।

 

दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरी रहेका छन् । सहचालक प्रकाश कुमाई भने सकुशल रहेको डीएसपी लम्सालले जानकारी दिए ।ट्रक सडकदेखि अन्दाजी १५० मिटर तल अर्को सडकमा खसेको उनले जानकारी दिए ।