| ११ चैत्र २०७९, शनिबार ०६:२०
दैलेख-दैलेखमा विश्व पानी दिवस अवसरमा बृक्षारोपण गरी मनाएको छ । ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ नाराका साथ बृक्षारोपण गरी दिवस मनाएको हो ।
शुक्रबार एक कार्यक्रमका बिच खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय दैलेखको आयोजनामा नारायण नगरपालिका- १स्थीत राम मन्दिर परिसर भित्र बृक्षारोपण तथा सरसफाई गरिएको हो । दिवसको अवसरमा गरिएको बृक्षारोपणले स्वच्छ,स्वस्थ,सुन्दर बाताबरण निर्माणमा बिरुवा रोप्ने अभियानले महत्त्वपूर्ण भुमिका खेल्ने स्थानियले बताएका छन् ।