☰ open Loading... 13 March 2025|  

८ मन्त्रालयमा कांग्रेसको दाबी
  | १२ चैत्र २०७९, आईतवार ०५:१४

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठकमा ८ मन्त्रालय लिएर सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ ।सभापति देउवा निवास धुम्बाराहीमा बसेको बैठकपछी उपसभापति पूर्ण बहादुर खड्काले ८ मन्त्रालयमा दाबी रहेको बताए ।

गठबन्धन दलमा कांग्रेसलाई ७ मन्त्रालय दिनेबारे छलफल चलेपनि पार्टीले ८ मन्त्रालयमा दाबी गरेको उनले बताए ।बैठकमा रमेश लेखकले संसदीय गतिविधिको विषयमा ब्रिफ गरेका थिए ।

यस्तै बैठकमा वैशाख १० मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो ।उमेदवारको विषयमा छलफल गर्न सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने तयारी भएको र औपचारिक निर्णय भइनसकेको एक पदाधिकारीले जानकारी दिए ।