☰ open Loading... 19 September 2024|  

पर्यटन प्रर्वद्धन गर्न पशुपतिदेखि दैलेखको पञ्चकोसी यात्रा
  | १३ चैत्र २०७९, सोमबार ०५:२७

जिल्लाको प्रर्यटन पर्वद्धन गर्न पशुपति देखि दैलेख पञ्चकोसी यात्रा सुरु गरिएको छ । जिल्लाकाे धार्मिक तथा ऐतिहासिक महत्तवको प्रचार गर्न तथा दैलेखको पञ्चकोसी तीर्थस्थललाई संघीय राजधानीसँग जोड्न भन्दै पशुपतिदेखि पञ्चकोसीसम्म यात्रा सुरु गरिएको हो ।

मनघरी फाउन्डेसनको आयोजना र दैलेखी सेवा समाज काठमाडौं, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको सहकार्य पशुपतिदेखि पञ्चकोसी यात्रा सुरु गरिएको हो ।

जिल्लालाई संघीय राजधानी सँग जोड्दै विश्वसामु जिल्लाको पर्यटनलाई उजागर गर्न कार्यक्रममको आयोजना गरिएको यात्राका परिकल्पनाकार एवं नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका पर्यटनदूत भरतबन्धु थापाले बताए।
उनले भने,‘कर्णाली प्रदेश धार्मिक, ऐतिहासिक, सांस्कृति तथा पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण क्षेत्र हो । पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेका स्थानलाई नेपाल तथा विश्वमाझ थप चिनाउनु आवश्यक ठानेर संघीय राजधानीसँग जोड्न सकिए जिल्लाका पर्यटकीय स्थलहरु गन्तव्यका रुपमा स्थापित हुने विश्वासले कार्यक्रम गरिएको हो ।’

कार्यक्रममा जनप्रतिनिधका तर्फबाट कर्णाली प्रदेशसभाका सांसद घनश्याम भण्डरीले भने ‘कर्णाली प्रदेश धार्मिक, ऐतिहासिक, सांस्कृति तथा पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण क्षेत्र हो । पर्यटकीय सम्भावना प्रचुर भएर पनि यो क्षेत्रको उचित प्रचार–प्रसार हुन सकेको छैन । यही कुरालाई मध्य नजर राख्दै यसले पञ्चकोसी प्रवर्द्धनमा सहयोग पुग्नेछ ।’

कार्यक्रममा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले यात्रा सफलताको शुभकाना दिँदै यसले संघीय राजधानी र कर्णाली प्रदेशलाई जोड्न महत्त्वपूर्ण योगदान दिने बताए  । प्रतिनिधिसभा सदस्य अमर थापा, दिक्पाल शाही, काठमाडौंका प्रजिअ घनश्याम उपाध्याय, भक्तपुरका प्रजिअ खगेन्द्र रिजाललगायतले यात्रा सफलताको शुभकामना दिएका थिए ।

यात्रापश्चात् संघीय राजधानी काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यात्राका दौरान कैद गरिएका तस्बिर र भिडियो प्रदर्शनी गरिने आयोजक मनघरी फाउन्डेसनले जनाएको छ ।