☰ open Loading... 20 October 2024|  

बिभिन्न योजनाहरुको अनुगमन गदै कृषि बिकास कार्यालय दैलेख
  | १४ चैत्र २०७९, मंगलवार ०६:०६

 

यामराज बिष्ट
दैलेख –कृषि बिकास कार्यालय दैलेखले जिल्लाको नौमूले गाँउपालिकामा रहेका बिभिन्न योजनाहरुको अनुगमन गरेको छ । सोमबार कृषि बिकास कार्यालय दैलेखका प्रमुख घनश्याम कार्कीको नेतृत्वमा अनुगमन गरिएको हो।

जिल्लाको नौमूले गाउँ पालिका वडा नम्बर- ४ मा रहेको कालिका सिर्चाइ पोखरीको अनुगमन गरिएको छ । नौमूले गाउँपालिका वडा नं-४मा निर्माण गरिएको सिर्चाइ पोखरीका लागी कृषि बिकास कार्यालय दैलेखले ७लाख रुपैयाँ अनुदान सहयोग लागतमा सिर्चाइ  पोखरी निर्माण गरिएको छ ।निर्माण गरिएको सिर्चाइ पोखरीले किसानलाई सिचाई गर्न सहज हुने भएकाले सहयोग गरिएको प्रमुख घनश्याम कार्कीले बताए ।

No description available.

 

त्यस्तै नौमूले गाउँपालिकामा रहेका उपभोक्ताहरु मार्फत निर्माण सम्पन्न भएका पोखरी, सिचाँई कुलो निर्माण गरिएका नाला, वाल लगाएत ४ वटा योजानाहरुको स्थलगत अनुगमन गरिएको कार्यालय प्रमुख  कार्कीले बताए।

No description available.

अनुगमन पछि सञ्चारकर्मी सँग कुराकानी गदै कृषि बिकास कायालय दैलेखका कार्यालय प्रमुख घनश्याम कार्कीले भने “चार वटै योजनाको अवस्था राम्रो छ र ४वटै योजनालाई प्रभावकारी संगै दिगो बनाउनु पर्ने ‘ सुझाव दिएका छन् ।अनुगमनमा कृषि बिकास कार्यालय दैलेखका कृषि अर्थ बिज्ञ झलक भण्डारी तथा पत्रकारको सहभागिता रहेको थियो ।