☰ open Loading... 19 October 2024|  

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने
  | १६ चैत्र २०७९, बिहीबार ०५:२९

सुर्खेत  :  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएपछि राप्रपाले समर्थन फिर्ता लिएसँगै आगामी चैत १७ गते दोस्रो पटक विश्वासको मत लिने भएका छन्। उनले आज (बुधबार) कर्णाली प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए।

प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम चैत १७ गते विश्वासको मत लिने निश्चितजस्तै देखिएको हो। मुख्यमन्त्री शर्माद्वारा दर्ता भएको पत्रमा संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ।

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन्। केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा के होला भन्ने चिन्ता र चासो बढ्न थालेको छ। यहाँ नेकपा एमालेले समर्थन फिर्ता लिएको छैन।