☰ open Loading... 18 October 2024|  

बाबुछोराले सँगै दिए एसईई
  | १८ चैत्र २०७९, शनिबार ०५:१२

हुम्ला, १७ चैत । हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । जिल्लाको मध्य भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा सर्केगाड गाउँपालिका–५ का ६० वर्षीय मानबहादुर शाही र १५ वर्षीय छोरा यज्ञबहादुर शाहीले सँगै एसईईको परीक्षा दिएका हुन् । पुरानो पुस्ता र नयाँ पुस्ताका बाबुछोराले सँगै एसईईको परीक्षा दिएको कोट माध्यमिक विद्यालय एसईईका केन्द्राध्यक्ष मुमलाल आर्चायले बताए ।

 

त्यस्तै हिमज्योति माध्यमिक विद्यालय सर्केगाड परीक्षा केन्द्रबाट सर्केगाड गाउँपालिका–१ का ५० वर्षीय बाबु नन्दलाल बुमी र १६ वर्षीया छोरी जयलक्ष्मी बुमीले पनि एसइईको परीक्षा दिएको केन्द्राध्यक्ष जयबहादुर धामीले बताए ।

 

त्यसैगरी अदानचुली गाउँपालिका–२ का ४८ वर्षीय कमलबहादुर बुढा र उनका २३ वर्षीय छोराले सूर्यदय माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।