☰ open Loading... 26 July 2024|  

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा विकको उम्मेदवारी
  | २१ चैत्र २०७९, मंगलवार ०५:२७

दैलेख-नेपाल उघोग बाणिज्य महासघंको ५७ र्औ महाधिबेशनमा केन्द्रिय सदस्य पदका लागि कुल बहादुर विकले उम्मेदवारी दिएका छन्।
नेपाल उघोग बाणिज्य महासघको काठमाण्डौमा हुन लागिरहेको महासंघको ५७ र्औ महाधिबेशनमा कर्णाली प्रदेश अन्तर्गत भुगोल तर्फ केन्द्रिय सदस्य पदका लागि दैलेख उघोग बाणिज्य सघंका अध्यक्ष समेत रहेका विकले आफ्नो उम्मेदवारि दिएका हुन् ।

दैलेख उघोग बाणिज्य संघको दोस्रो कार्यकालको अध्यक्ष समेत भईसकेका विक शालिन भद्र समाजसेबिको रूपमा कर्णालीमा परिचित सफल ब्याबसायि हुन्।सरल स्वभाव निजि क्षेत्रका एक कुशल अभिभावक भएकै कारण नेपाल सरकारले राष्ट्रपति पदक समेत पायका कर्णालीका उनि एकमात्र अध्यक्ष हुन् ।

निजि क्षेत्रको सवालमा निरन्तर वकालत गर्ने उनि उघोगि ब्यबसायिहरूको साझा समस्या हल गर्नको निमित्त आफ्नो उम्मेदवारि दिएको उनि बताउछन्। कर्णालीमा थुप्रै ब्यापक सम्भावनाहरू छन्, ति प्रचुर सम्भावनाहरूलाई पहिचान गरि राष्ट्रिय स्तरमा चिनाउन आफु लागिरहेकोले कर्णाली प्रदेशका सम्पुर्ण उघोग बाणिज्य संघका अध्यक्षज्युहरूलाई आफ्नो पक्षमा मतदान गरिदिन साझा अपिल समेत गरेका छन्, ।