☰ open Loading... 18 October 2024|  

विद्युत सुरक्षा दिवसमा प्रभातफेरी
  | २७ चैत्र २०७९, सोमबार ०५:३७

दैलेख  :  विद्युत सुरक्षा दिवसको अवसरमा प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण दैलेखले विद्युतीय दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको जानकारी दिएको छ । सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवम् चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढी भन्दा बढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउन सचेतना जगाउन प्रभातफेरी गरिएको प्राधिकरणका दैलेख इञ्चार्ज इञ्जिनियर गौरव पाण्डेले बताए । विद्युतीय दुर्घटनाबाट वच्न गुणस्तरीय उपकरणको प्रयोग सुरक्षाका उपकरण अवलम्वन गरी दुर्घटनाबाट बच्न सकिन्छ तर कमसल तार र सामग्री प्रयोग गर्ने र सुरक्षा सजगताको अभावमा बेलाबेला दुर्घटनाहरू भइरहेकोले विद्युतीय सुरक्षा दिवसको अवसरमा सचेतना जगाउन प्रभातफेरी गरिएको इञ्जिनियर पाण्डेको भनाइ छ ।

जोखिमपूर्ण अवस्थामा रहेका जीर्ण, पोल तार र लाईन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागी पुराना सवस्टेशनको स्तरोन्नती गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटेर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरु निरन्तर दिन आवश्यक रहेको आम उपभोक्ताहरूको सुझाव छ । विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण प्रयोग जनचेतना जगाउने उद्देश्यले २०७३ देखि हरेक वर्ष चैत २६ गते देशभर विद्युत सुरक्षा दिवस मनाउन थालिएको हो ।