☰ open Loading... 18 October 2024|  

स्थानीय सरकारले स्वास्थ्य कार्यालयलाई सहयोग नगरेको गुनासो
  | २८ चैत्र २०७९, मंगलवार ०५:१४

हुम्ला । हुम्लामा स्थानीय सरकारले स्वास्थ्य कार्यालयलाई सहयोग नगरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । हुम्ला स्वास्थ्य सेवा कार्यालयको अर्धवार्षिक समीक्षा गोष्ठीमा सहभागीले उक्त गुनासो गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले जिल्लामा भएको स्वास्थ्य कार्यालयलाई स्थानीय सरकारले त्यति सहयोग नगरेको बताए ।

 

स्वास्थ्य कार्यालयले तीन महिनापछि भएपनि  अर्धवार्षिक समीक्षा  गरेकोमा उनले धन्यवाद दिए । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले आफु गाउँपालिका हँदासम्म स्वास्थ्य क्षेत्रमा काम गर्दा कमी कमजोर भएको स्वीकार गरे । स्वास्थ्य कार्यालयमा औषधी अभाव भएपनि   स्वास्थ्य चौकिबाट औषधी सापट गरेर पनि बिरामीको उपचारमा लागि परेको पत्रकार महासंघ जिल्ला अध्यक्ष राजन रावतले बताए ।

 

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम बहादुर सिंहले हुम्लाले स्वास्थ्य क्षेत्रमा अहिलेसम्म राम्रो गरेको भएपनि रिर्पोटिङमा कमि आएको बताए । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयमा दैनिक दिन आउने बिरामीको मात्रा पनि पहिलाको वर्षको तुलना भन्दा कम भएको उनले जनाए । वरिष्ठ अनमी सरिता बोहराले बालबालिका, युवा, वृद्धवृद्धा र सुत्केरीको मृत्युमा पछिल्लो समय कमि आएको  बताइन् ।

 

सो अवसरमा आर्थिक वर्ष २०७९/०८० मा भए गरेका प्रगति विवरण प्रस्तुत गरिएको  थियो । स्वास्थ्य सेवा कार्यालय हुम्ला र जिल्लाका सात वटा गाउँपालिकाका केही स्वास्थ्यचौकीहरुको संयुक्त रुपमा समीक्षा गरिएको थियो । हुम्लामा भएका ७ वटा गाउँपालिकामध्ये नाम्खा र अदानचुली गाउँपालिका भने अनुपस्थित थिए ।