☰ open Loading... 18 October 2024|  

एमालेले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन
  | २८ चैत्र २०७९, मंगलवार ०५:१६

सुर्खेत : नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

 

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका हुन् ।

 

नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।