☰ open Loading... 26 July 2024|  

करेन्ट लागेर एक जनाको मृत्यु
  | २८ चैत्र २०७९, मंगलवार ०५:२८

सल्यान । सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । छत्रेश्‍वरी गाउँपालिका-१ दमाचौरस्थित वर्ल्ड लिङ्कको कार्यालय श्रीनगर सल्यानमा कार्यरत शारदा नगरपालिका-२ डाँडागाउँ बस्ने ४२ वर्षीय प्रह्लाद शाहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

फाइबर लाइन बिस्तार गर्नको लागि विद्युत्को पोलमा सिडी लगाउने क्रममा एक्कासि करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय दीर्घायु मेडिकल हुँदै जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।