☰ open Loading... 7 September 2024|  

म्याद गुज्रेका सामग्री नष्ट
  | २८ चैत्र २०७९, मंगलवार १६:०७

दैलेख । दैलेखको माथिल्लो डुङ्गेश्वर बजारमा म्याद गुज्रेका खाद्य पदार्थ भेटिएको छ ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा रहेका सामग्रीहरुको म्याद गुज्रेको भेटिएको थियो । होटल, थोक तथा किराना पसलबाट ठूलो परिमाणमा बिस्कुट, पेय पदार्थलगायतका सामग्री नष्ट गरिएको हो ।

Open photo

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको  आयोजना, र जिल्ला प्रशासन कार्यालय दैलेखको सहकार्यमा बजार अनुगमन गरिएको हो ।

टोलीले डुङ्गेश्वर बजारमा रहेका ३७ पसलको अनुगमन गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कल्पना खत्रीले जानकारी दिईन्।उनकाअनुसार म्याद गुज्रेका प्रकारका पे–पदार्थ तथा खाद्य प्रदार्थ नष्ट गरिएको छ । नष्ट गरिएको सामग्रीको मूल्य ८ हजार मूल्य बराबरको रहेको छ ।