☰ open Loading... 20 September 2024|  

एक युवक मृत फेला
  | ३ बैशाख २०८०, आईतवार ०५:३३

कालिकोटको रास्कोट नगरपालिका –३ कोलिगाउँ नजिकै सडक छेउमा एक युवक मृत भेटिएका छन्। रास्कोट नगरपालिका –४ का मेघराज उपाध्याय मृत भेटिएका हुन्।

रास्कोटमा मृत भेटिएका व्यक्तिको भाइ नाता पर्ने गोकर्ण संज्यालले वडा नम्बर ३ को एक निजी विद्यालय नजिक सडक छेउमा मेघराज उपाध्याय मृत भेटिएको बताए।

बिहान वडा नम्बर ५ का विमलबहादुर शाही सिप्खानातिर जाने क्रममा मृत अवस्थामा देखेपछि आफन्त र प्रहरीलाई खबर गरेको परिवारका सदस्यको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमले मृत्युको कारण नखुले पनि शङ्कास्पद भएकाले अनुसन्धानपछि जानकारी हुने बताए।

उता तिलागुफा नगरपालिका –१ भिग्ममा दाउरा निकाल्ने क्रममा तिला नदीमा एक युवा बेपत्ता भएका छन्। जिल्ला समन्वय समिति कालिकोटका सदस्य समेत रहेका अन्दाजी वर्ष ३७ का कालि बहादुर बिक नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।